TIKAPUR INCIDENCE: WHO IS VICTIM AND CULPRIT

टिकापुरमा भाद्र ७ गते जुन घटना घट्यो, त्यसले टिकापुर मात्रै होइन, एक पटक देश नै हल्लियो । जनयुद्ध पश्चात यतिका सुरक्षाकर्मी एकै दिन मारिएको यो नै पहिलो घटना हो । यो जनताका असन्तुष्टि अझै रहेछन् भन्ने कुरा प्रमाणित मात्रै गरेन कि पहिचानका नाममा जनता यो स्तरसम्म उत्रिन सक्दा रहेछन् भने पुष्ट्यापनि भयो ।

TIKAPUR GHATANA

आखिर यस्तो गम्भीर बर्बर र जनताको नजरमा अपराधपूर्ण घटना कसरी घट्यो त ? के साँच्चिकै थारुहरुमा यस्तो घटना घटाउने सुनयोजित योजना नै थियो त ? या त त्यस्तो कुनै पर्दा पछाडिको शक्तिले उनहिरुलाई उकास्यो ? आखिरकसको आडमा यत्रो घटनाको सुत्रपात भयो ? के बाहिर मिडियामा आएका सबै समाचारहरुमा सत्यता थियो त ? मैले आफुले पत्रकार भएर विताएको दुई दशकलाई धेरै पटक स्मरण गरें । मलाई केही केही घटनासंग मिडिया र सुरक्षाकर्मी जोडिएको स्मरण पनि छ । https://www.facebook.com/teraimadheshnepal/

तर एकपक्षीय रुपमा मात्रै प्रचार गरिएको टिकापुर घटनाले मलाई सोच्न बाध्य बनायो, त्यही दिनबाट म नश्लवाद एकात्मक शानि पद्धतिले नेपाललाई नराम्ररी गाँजिसकेको र यसबाट मुक्तिका लागि निकै ठूलो सङ्घर्ष गर्नु पर्न भविष्यको चित्रण मानसपटलमा झल्किरहन्छ । टिकापुर घटना भैगोलिक रुपले कस्तो स्थानमा घट्यो ? घटनास्थल टिकापुर बजारबाट तीन कि.मि. पर सुरक्षाकर्मी किन र कसरी पुगे ? टिकापुर घटनामा सुरक्षाकर्मीको लापरवाही छ कि छैन ? टिकापुर घटनाको पछाडि अखण्ड पक्षका उद्दण्ड चरित्रको मानसिकताले कस्तो भूमिका खेलेको छ ? सुरक्षाकर्मीको आपसी तालमेल कस्तो थियो ? धेरै ठाउँमा राज्यका सञ्चालक सुरक्षाकर्मी चुकेका छन् तर यो भनिदिने साहस कसैले किन गरेनन् ? किन जनपद प्रहरीतफै त्यत्रो क्षति भयो ? टिकापुर घटना घट्नु भन्दा केही साता पहिले मात्र त्यसबेलाका गृहमन्त्री बामदेव गौतमले म जनपद प्रहरीबाटै असुरक्ष्ति छु, कुनैपनि बेला म माथि घटना हुनसक्छ जस्ता अभिव्यक्ति किन दिन्थे ?

टिकापुर घटनापछि एकाएक जनपद प्रहरीका प्यारो कसरी भए ? घटनामा संलग्नको बयान किन बङ्ग्याइँदैछ ? के टिकापुर घटनामा सुरक्षाकर्मीतर्फ मात्रै क्षति भयो ? गोली लागेका एउटा पनि आन्दोलनकारीको बयान किन मिडियामा आउन सकेन् ? सयौं अनुत्तरित प्रश्नहरु छन् । टिकापुर घटनाको समस्या समाधान हुन नसक्नाको एउटै कारण हो, जो जो अहिले समाधानका लागि पहल गरिरहेका छन्, तिनीहरु नै हिजो ब्यवधान अडा गर्ने नायकहरु थिए । म निर्वासनमा छँदा अत्यन्तै सूक्ष्म तरिकाले यो घटनाको अवलोका गरेको छु र साथै समाधानको सजिलो उपाय पनि समस्यामा नुनचुक छर्केर चहराउने मेरो नियत भए यतिका समय चुपचाप बस्ने थिइँन । किन र केका लागि पुस्तक लेखे मैले । मसंग जुन सीप, क्षमता, कौशल छ त्यहि नै मेरो लडाइँको अस्त्र हो, त्यसैले मैले यसmाई अस्त्र ठाने र चुपचाप लेख्ने हिम्मत गरें ।

धेरैलाई लागेको छ, टिकापुर घटना केवल भाद्र ७ गते मात्रै भएको हो । यहि कुरामा यो देशका मानवअधिकारकर्मी, पत्रकार, राजनैतिक दल र घटनास्थललाई अध्ययन नगर्नेहरु नराम्ररी चुकेका छन् विशेषतः यो घटनाले मानवअधिकारकर्मी र पत्रकार काम, कर्तव्य, अधिकार र विश्वसनियतामाथि ठूलो प्रश्नचिन्ह खडा भएको छ । पत्रकार र मानवअधिकारकर्मी पनि एकपक्षीय हुँदा रहेछन् भन्ने कुराको पुष्टि गरेको छ । टिकापुर घटनाले । भाद्र ७ गते भिडन्तमा मारिएको सबै सुरक्षाकर्मीको दोष एकप्रक्षीय रुपमा आन्दोलनकारीलाई थोपर्न खोजिएको छ । तर भाद्र ८ गतेदेखि थारु जातिमाथि भएको दमन रबर्बरताको न्यायिक खोजि गर्ने चेष्टा कसैले पनि गरेनन् । यसले थारुहरुलाई आत्मिक चोट लागेको छ, जुन चोटको असर अहिले पनि टिकापुरले भोग्दैछ । के टिकापुर घटना भाद्र ७ गते मात्रै भएको हो ?

उसोभए भाद्र८ गते ८७ जना थारुहरुको घर छानी छानी जलाउनुका पछाडि कुनै राजनैतिक शक्ति लुकेको छ त ? भाद्र ८ गते शुरु भएको राज्यको नश्लवादी दमनमा अहिलेसम्म पूर्णविराम लागेको छैन । ७ गतेको घटनाले सरकारी पक्षले कफ्र्यु आदेश जारी गरेको थियो, के त्यो कफ्र्यु केवल थारुहरुका लागि मात्रै लगाइएको थियो त ? कफ्र्युमा खटिएका सेना, प्रहरी, सशस्त्र सुरक्षा प्रणालीलाई ८ गतेको घटनाले के सन्देश दिन्छ ? यसबाट पनि प्रष्ट हुन्छ कि थारुहरुमाथि दमन रविभेद थियो, जुन टिकापुर घटनापछि अझै बढेर गयो । हो राज्यले आंतक सिजैन गर्ने, सद्भावमाथि खलल पु-याउने, सामाजिक विद्रोह सिर्जना गर्नेलाई कार्वाही गर्नुपर्छ तर के कार्वाहीका भागिदार केवल थारु मात्रै बन्नु पर्ने हो ? यो देशको कानुन केवल थारुलाई मात्रै लाग्ने हो ? भाद्र ८ गतेको टिकापुर घटनाले पुष्टि गर्दछ कि थारुलाई मात्रै यो देशको कान्न थारुले मात्रै सामाजिक विभेद रदमन सहनु पर्दोरहेछ । विश्लेषकहरुले दुवै दिनको घटनालाई केलाएर न्यायोचित पहल गर्नु पर्ने हो, तर यतातिर न राज्यको कानुनले देखायो, न त ब्यवहारले नै ।

थारुका होटेल, पसल, एफ.एम.झुपडीमा दन्किरहेको आगोका बीचमा ७ गतेको समाचार पढिन्थ्यो । टी.भी. स्क्रिनमा आगोको मुश्लो उडिरहेको हुन्थ्यो तर समाचार वाचन भने सात जना सुरक्षाकर्मी र बालक मारिएको मात्रै हुन्थ्यो । यसरी समाचार प्रसार प्रचार गर्नेहरुले के आँकलन गर्थे भने, थारुहरुलेघर, पसल सबैठाउँमा आगो लगाएर सबैका हत्या गरेका हुन् । घटनास्थलमा पुगेका मानवअधिकारकर्मी पनि एकपक्षीयरुपमा अन्तरवार्ता लिरहेको हुन्थें । टिकापुरको ॐ शान्ति भवनमा एउटी थारु थरकी महिला बच्चासहित सेल्टर लिइरहेकी थिइन् ती महिलालाई उद्दार गरेर धनगढीसम्म पु¥याइदिनका लागि लाख बिन्ती गरियो तर मानवअधिकारकर्मी सुदीप पाठक कर्णालीमा पुगेर माछा भात खान रमाए, तर उद्दररकालागि गरिएको आग्रलाई उनले सीधै नकारीदिए । यसरी पनि खिचाउन मात्रै टिकापु पुगेका हन् ।

भाद्र ८ गते टिकापुरमा कफ्र्यु लगाइएको थियो तर पनि कफ्र्युको सन्नाटामा कोलाहल थियो । अघि अघि आगो लगाउनेहरुको झुन्ड, पछिपछि उनीहरुलाई सुरक्षा दिने सुरक्षाकर्मीको चाँती थारुहरुको घरबाट लुटिएका सामान हातहातमा बोक्दै रमाउँदै बजार घुमिरहेको लुटेराहरुको झुण्डमा मुस्कुराउँदै थियो । सुरक्षा निकाय घर पसलमा आगो लागेपछि बिनापानीको दमकल साइरन बजाउँदै घटनास्थलमा पुग्दथ्यो र एक दुई झिलिक फोटो खिचाएपछि फर्किन्थ्यो । अन्यत्रको कुरा गर्न चाहन्न म मेरो रिपोर्टमा आगो लाग्दा छिमेकीले दमकल बोलाएर सुरक्षाकर्मी, सेना आए तर निभाएनन् । बरु आगोफाले जस्तै गरी फोटो खिचाए अनि गए । मेरो रिपोर्टमा रहेका रक्सी, टी.भी.हरु तथा बचेका सरसमान टिकापुर विद्युतको गाडीमा हरिशरण भट्ट थरका इन्सपेक्टरले बोकेर लगेको थिए, त्यस्तो बेलामा सुरक्षाकर्मीले सुरक्षा गर्नुको साटो सरसमान ओसारेर लाने निर्देशन कुन निकाय र कसैले गरेको थियो ? मैले अहिलेसम्म बुझेको छैन ।

टिकापुर नजिकको गाउँ नवलपुरमा राति हत्याराहरु लुकेका छन् । भनेर छापाका निहुँमा थारु केटीहरुमाथि दुव्र्यवहार गरिएको समाचार किन यो देशका पत्रकारले पढेनन्, छापेनन् ? मोतीनगर मुनुवामा सादा पोशाक लगाएका सुरक्षाकर्मीले आन्दोलनकर्मी खोज्ने बहानामा तेरो मोबाइल कहाँ छ ? भनेर गुप्ताङ्ग छाम्ने अधिकार कुन कानुनले दिएको छ ? भाद्र ७ गते मारिएका सुरक्षाकर्मीको समाचार र रिपोर्ट बनाउनेहरुले त्यहि घटनामा गोली लागेर बसेको सयौंको खोजी र अन्तर्वार्ता किन प्रकाशन प्रसारण गर्न सकेनन् ? आन्दोलनको नाममा यौनहिंसा महिनौं खेपिरहँदा पनि यो देशका मानवअधिकारकर्मीहरु कुन स्थानको ल्यापटपमा रिपाोर्ट बनाइरहेका थिए ? राज्य, शासक, सामाजिक उत्पीडन सबै एउटै थाप्लोमा सधैं जम्मा भइरहेपछिको अवस्था के ह्न्छ ? राज्यले अझै पनि बेलैमा बुद्धि पु-याउनु पर्छ र न्यायोचित कदम उठाउनै पर्छ । अन्यथा विकल्प के ? यसबाट उत्पन्न कुने परिणामको भागिदार हुन पनि सदा तयार रहनु पर्छ ।

माथि उल्लेखित कुराले पनि टिकापुर घटना हुनुको कारणलाई धेरथोर पुष्टि गर्दछ तर मेरो नजरमा टिकापुर घटना एक संयोग हो, भूकम्प जस्तै तर भूकम्प किन आउँछ, यसको वैज्ञानिक पुष्टि पनि त छ । अचानक हुरी किन चल्छ ? ज्वालामुखी किन फुट्छ ? यी प्राकृतिक आकस्कि घटनासंग टिकापुरको घटनालाई तुलना गदै पनि हुन्छ ।

(टिकापुर घटनाको ‘चिरफार’ किताबबाट)

Chandranigahapur on fire: Rahul Hardware & Furniture

चन्द्रनिगाहपुरबजार नजिकै  भिसन आगलागी :

रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ६ मा रहेको राहुल हार्डवेयर एण्ड फर्निचर उद्योगमा भीषण अागलागी भएको छ । बुधबार बिहान साढे पाँच बजेको समयमा लागेको आगो यो समाचार तयार पार्दासम्म नियन्त्रणमा आउन सकेको छैन।chapur

To watch LIVE VIDEO of FIRE CLICK on it

पसलमा लागेको आगो नियन्त्रणका लागि चन्द्रपुर नगरपालिका, गौर नगरपालिका र सर्लाहीको हरिऔन नगरपालिकाका तीनवटा बारुण यन्त्रले पानी फाले पनि आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र ठूलो संख्यामा स्थानीयले प्रयास जारी राखेका छन् । तरपनि आगो नियन्त्रणमा आएको छैन ।

आगलागी भएको घरमा फर्निचर बनाउनका लागि प्लाई राखिएको र प्लाईको आगो निभ्न नसकेपछि घर नै डोजरले भत्काउने तयारी भएको छ । चन्द्रनिगाहपुर बजारमा सबै घर एक आपसमा जोडिएका कारण अन्य घरमा समेत आगो लाग्ने भएकाले पक्की घर नै भत्काउने तयारी भएको हो ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी शान्तिराज कोईरालाले बिद्युतको लाईन सर्ट भएर आगलागी भएको जानकारी दिएका छन् । आगलागीबाट हार्डबेयर र फर्निचर उद्योगमा के कती क्षेती भयो भन्ने कुरा आगो नियन्त्रणमा आएपछि मात्रै थाहा हुने डिएसपी कोईरालाले बताए ।

Mahindra Authorized Service Center Kathmandu

MK AUTOWORKS PVT. LIMITED

A fully modern equipped and furnished with latest technology as authorized service center at Sinamangal; Kathmandu, Nepal.mk auto pvt ltd

Only name you can trust  for Genune Auto Spare Parts of Mahindra Vehicles : MK AUTO MOBILES SINAMANGAL. KATHMANDU; AN AUTHORIZED MAHINDRA SERVICE CENTER.

MKAUTO

 

 

CONTACT US : 014116618, /  9851137255

Locals of Bara $ Parsa Demands Gas Plants To Move Away From Settelment Area

 

बारा र पर्सामा बस्तीबीचका ग्यास उद्योग सार्न आन्दोलन, ५ किलोमिटर पर लैजान माग

 

वीरगंज। वीरगंजमा भएको ग्यास उद्योगको आगलागीपछि पर्सा र बाराका ग्यास उद्योग नजिकै रहेका बस्तीहरुमा त्रास फैलिएको छ।  ग्यास उद्योग वरपर भएका स्थानीयहरु मापदण्ड विपरित सञ्चालित ग्यास उद्योग बस्तीबाट टाढा सार्न माग राख्दै आन्दोलनमा उत्रेका छन् ।

gas

पर्सा, बाराका बासिन्दा बस्तीको बीचमा मापदण्ड विपरित सञ्चालित ग्यास उद्योगहरुलाई ठाँउ सारी गर्न वा बन्द गर्न दवाव शुरु गरेका हुन् ।
पर्साका सुपर ग्यास, लिपनीविर्ताको मनोज ग्यास, बारा बहुअरीको बारा लियो ग्यास, जीतपुरको अम्बर ग्यास, सिमराको नेपाल ग्यास, परसौनीको जगदम्बा ग्यास, पिलुवाको एनएल ग्यासलगायत वरपरका बासिन्दा त्रसित बन्दै आन्दोलित भएका हुन् ।

बारा बहुअरीका अजय पटेलको नेतृत्वमा स्थानीयहरुले आन्दोलन सुरु गरेका हुन्।परसौनीमा विनोदप्रसाद जैसवालको सक्रियातामा ग्यास उद्योग सार्न एवम बन्द गर्न परसौनी गाउँपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।

‘बारा लियो ग्यास बस्तीबाट ५०० मिटर टाढा रहेकोले यसलाई हटाउन गाउँ भेला गरी उद्योग सार्न निर्णय गरेका छौ, आन्दोलनकर्ता अगुवा अजय पटेल भन्छन् । सुपर ग्यासको घटनाले जसरी बारा पर्सालाई चिन्तित र त्रसित बनाएको छ, त्यसरी यो उद्योगबाट कुनै दिन जनता त्रसित नबनुन् भनेर आन्दोलन थालिएको पटेलले बताए ।

ठूलो धनजनको क्षतिबाट बच्न ग्यास उद्योग बस्ती क्षेत्रबाट टाढा सार्नुपर्ने परसौनी गाउँपालिकाका विनोद जैसवाल तर्क गर्छन् । सरकारी निकायको लापरवाहीको कारण बस्तीको बीचमा खतरनाक उद्योग सञ्चालनको स्वीकृति दिएको उनको आरोप छ।

स्थानीय बासिन्दाले ग्यास उद्योग बस्ती क्षेत्रबाट कम्तिमा ५ किलो मिटर पर सार्नुपर्ने माग गरेका छन् । पर्सा बाराको हरेक ग्यास उद्योगको सञ्चालनमा प्रश्न उठन थालेको छ। यस विषयमा सरकारले चुप लागेर खतरनाक उद्योग सञ्चालन गराई रहयो भने कडा आन्दोलनमा उत्रिने स्थानीय बासिन्दाहरुले चेतावनी दिएका छन् ।

गत बुधवार वीरगज–१८ भवानीपुरको सुपर ग्यास उद्योगमा भिषण आगलागी हुँदा ३ जनाको ज्यान गएको थियो। घटनामा करोडौको क्षति भएको थियो। यो घटनापछि ग्यास उद्योग वरपरका नागरिक त्रसित छन् ।

पर्साको एक इन्च जमिन एताउता भए कत्लेआम सुरु हुन्छ: जालिम मियाँ

jalim
jalim मिया

पर्साको एक इन्च जमिन एताउता भए कत्लेआम सुरु हुन्छ: जालिम मियाँ

‘ठोरी गाउँपालिकाको जल, जंगल जमिन पर्सावासीको सम्पत्ति हो, जसजसलाई जानु छ गए हुन्छ तर एक इन्च जमिन पनि लिएर जान पाइँदैन । यसमा कसैसँग कुनै सम्झौता हुँदैन,’ उनले भने ‘ठोरीलाई प्रदेश नं २ मै राख्नुपर्छ, पर्सावासीको भावनाको विपरित जान्छन् भने कत्लेआम गर्न तयार छु ।

पर्साको ठोरी गाउँपालिकालाई प्रदेश नं ३ मा गाभ्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उदघोषको पार्टी भित्रैबाट बिरोध सुरु भएको छ ।

पार्टी बाहिरबाट मात्रै नभएर पार्टी भित्रकै नेताहरुले पनि प्रचण्डको उद्घोष गलत भएको भन्दै सार्वजनिक रुपमै विरोध जनाएका छन् । वीरगञ्जमा बुधबार आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले अध्यक्ष प्रचण्डले हचुवाको तालमा त्यस्तो उद्घोष गरेको बताए । उनले ठोरी गाउँपालिका पर्साको भएका कारण त्यसको एक इन्च पनि प्रदेश नं ३ मा गाभ्न नमिल्ने भन्दै जर्बजस्ती गाभ्न खोजे ‘कत्लेआम’ (जनसंहार, सार्वजनिक हत्या’ गर्न पनि पछि नपर्ने चेतावनी दिए ।

‘ठोरी गाउँपालिकाको जल, जंगल जमिन पर्सावासीको सम्पत्ति हो, जसजसलाई जानु छ गए हुन्छ तर एक इन्च जमिन पनि लिएर जान पाइँदैन । यसमा कसैसँग कुनै सम्झौता हुँदैन,’ उनले भने ‘ठोरीलाई प्रदेश नं २ मै राख्नुपर्छ, पर्सावासीको भावनाको विपरित जान्छन् भने कत्लेआम गर्न तयार छु ।’ दुई दिन अघि ठोरी पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ठोरीलाई प्रदेश नं ३ मा गाभ्ने उदघोष गरेका थिए ।यसअघि ठोरी गाउँपालिकाको पहिलो बैठकले ठोरी गाउँपालिकालाई प्रदेश नं ३ मा गाभ्न सिफारिस गर्ने निर्णय गरिसकेको छ ।

प्रचण्डले ठोरीबासीलाई उधारो सपना बाटदै

प्रचण्डले ठोरीबासीलाई उधारो सपना बाटदै ; काश त्यो हुन सक्थ्यो … समग्र मधेश एक हुने थियो !!!!!!!

thori

प्रदेश को सिमाना हेर फेर गर्न सम्भव नै छैन ।
पर्सा को ठोरी गाउ पालीका 3नॅ मा मीलाउने प्रचण्ड को बोली सॅगै बिरगॅज मा भुकम्प जस्तै भयो सबै लाई अब ठोरी जान्छ जस्तो भयो तर यो सपना हो प्रचण्ड जस्ता 3 प्रचण्ड आए पनी सम्भव छैन ।यदि सीमाना परीवर्तन सजीलो हुन्थ्यो भने समग्र मधेश एक प्रदेश बनाउने हाम्रो चाहना पुरा हुन्थ्यो तर सॅबैधानीक रुप मा नै जटिल पारीएको छ ।यस सॅम्बन्धि सॅबैधानीक अवस्था यस्तो छ ।
भाग÷ 31
274÷ सॅबिधान सॅन्सोधन
4 उपधारा (2) बमोजीम पेश भएको बिधेयक कुनै प्रदेशको सिमाना परीवर्तन वा अनुसुची ÷6 मा उलेखित बिषय सॅग सम्बन्धित भएमा त्यस्तो बिधेयक सॅघिय सॅसदमा प्रस्तुत भएको तीस दिन भीत्र सॅबन्धित सदन कोसमामुख वा अध्यक्ष ले सहमतीको लागी प्रदेश सभा मा पठाउनु पर्नेछ ।
5÷उपधारा 4बमोजीम पठाईएको बिधेयक तीन महिना भीत्र सम्बन्धित प्रदेश सभाका तत्काल कायम रहेको सम्पुर्ण सदस्य हरुको बहुमत बाट स्वीकृत वा अस्वीकृत गरी सॅघिय सॅसद मा पठाउनु परनेछ ।
7÷ उप दफा 5 बमोजीम को अवधिभीत्र बहसॅख्यक प्रदेश सभाले त्यस्तो बिधेयक अस्वीकृत गरेको सुचना सॅघिय सॅसद को सदन लाई दिएमा बिधेयक निष्कृय हुनेछ ।
8÷ प्रदेश सभा बाट स्वीकृत भै आएको बिधेयक सॅघिय सॅसदको दुबै सदनमा तत्काल काययम रहेको सम्पुर्ण सदस्य सॅख्याको कमतीमा दु तिहाई बहुमत बाट पारीत गर्नु पर्नेछ ।
सॅबिधानमा रहेको यो जटिल ब्यवस्थाले कुनै पनी प्रदेशको सीमा अब हेर फेर हुदैन ।यो खासगरी समग्र मधेश एक प्रदेश बन्न बाट रोक्ने प्रयास हो ।मधेशमा सीमाकन को लागी त्यती ठुलो आन्दोलन यसै कारण ले भएको थियो सबै लाई थाहा थियो सॅबिधान कार्यवयन भए पछि सीमाना हेर फेर सॅम्भव छैन ।तै पनी आन्दोलन गर्ने ले नै यसलाई स्वीकार गरे केहि नेता हरु अझ पनी सॅबिधान सन्सोधन को सर्त सहित सरकार मा सहभागी हुने भन्दै छन ।दल लाई सरकार मा वा बिपक्षमा बस्ने अधिकार छ तर जनता लाई बेवकुफ बनाउने अधिकार छैन । समग्र मधेश स्वायत प्रदेश को लडाई लामो हुनेछ धेरे दिन धेरै सॅघर्ष पुर्ण हुनेछ ।त्यसै ले बिरगॅज बासी बारम्बार मधेशी दल लगायत मधेशका मधेशी चीन्तक अगुवा र नेता सॅग 22 जील्ला लाई एक साथ राख्न प्रयास गर्न को लागी आजै देखि बिरगॅज लाई मधेश को राजधानी मानी समग्र मधेश को पुर्बधार तयार गर्न आग्रह गर्दैछ तर मधेश पनी मान्ने र समग्र मधेश एक हुन पनी नदिने केहि नेता हरु छन । वहा हरु लाई मधेशीको भोट चाहिन्छ तर समग्र मधेश चाहिदैन ।मीथला प्रदेश वा जनकपुर राजधानी यसैको उपज हो ।सानो तिनो ईगो होईन पुरै मधेशी मधेश आन्दोलन को भावना को कदर हुनु पर्दछ ।

from fb post : Surendra Kurmi 

Thori separated from STATE-2: Included in STATE-3

PRACHANDA SAYS THORI TO BE INCLUDED IN STATE-3 :DEPARTS FROM PARSA DISTRICT

PRACHANDA.jpg
Prachanda at Thori Parsa District

नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पर्साको ठोरी गाउँपालिकालाई ३ नम्बर प्रदेशमा समायोजन गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । सोमबार बिहान ठोरी र भारतको सीमा अवलोकन गर्न आएका प्रचण्डले ठोरीका स्थानीय बासीहरुलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । स्थानीय निकायको निर्वाचन भन्दा अघि नै प्रदेश समायोजनको बिषयमा ठोरीलाई ३ नम्बर प्रदेशमा समायोजन गर्न प्राय सवै राजनितिक दलका बीचमा सहमति भईसकेको भएपनि अन्तिम क्षणमा आएर चुनाव सम्पन्न गर्नैपर्ने बाध्यताको कारण त्यतिबेला स्थगित भएको र अहिले ठोरी बासीको चाहना अनुरुप आफू अघि बढ्ने उनले बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने म ठोरी गाउँपालिकामा प्रवेश गर्दै गर्दा सबैको मुखबाट एउटै आवाज सुनें, त्यो हो ठोरीलाई प्रदेश नम्बर ३ मा समाबेश गर्नुपर्यो, त्यसैले यो बिषयमा म सबैको अगाडी प्रतिबद्धता ब्यक्त गर्छु, अब ठोरी प्रदेश नम्बर ३ मा समाबेश हुन्छ । साथै उनले ठोरी नाकालाई त्रिदेशिय मार्ग निर्माणको एउटा उपयुक्त बिन्दुको रुपमा लिएको पनि बताएका छन् । उनले भने आज म बिशेष गरी ठोरीको सीमावर्ती नाकाको अवलोकन गर्न यहाँ आएको हुँ, ठोरीबाट चीन संगको सीमा नाका केरुङ जोड्ने राजमार्गको लागि सम्पुर्ण प्रकृया अघि बढिसकेको छ । यो त्रिदेशीय मार्गले ठोरी बासीमात्र होइन सम्र्पुण नेपाललाई समृद्ध बनाउन एउटा पुलको भुमिका खेल्दछ ।
सम्बोधनको क्रममा उनले भने निर्वाचनमा बिजयी भएपछि नेकपा एमालेका अध्यक्ष केपी ओली केरुङ जानुभएको थियो र संयोगवश म ठोरी आईपुगेको छु । हाम्रो यो उपस्थितीले ठोरी केरुङ राजमार्ग निर्माणको ढोका पनि खुलेको छ । ठोरी गाउँपालिकाको बनशक्ति मन्दिर परिसरमा भएको कार्यक्रममा दाहाल पत्नी सीता, नेकपा माओबादी केन्द्रकी केन्द्रिय सदस्य उर्मिला अर्याल, ठोरी गाउँपालिकाका प्रमुख पीएल श्रेष्ठ, पर्सा जिल्ला समन्वय समितिका उपाध्यक्ष ठाकुर न्यौपाने, नेकपा एमालेका नेता देवी ज्ञावाली, घनश्याम महत, लाल बहादुर श्रेष्ठ, माओबादी केन्द्रका युवा नेता रहवर अन्सारी लगायतका नेता कार्यकर्ताहरु र ठोरी गाउँपालिका र चितवन जिल्लाका सयौं सर्वसाधारणहरुको उपस्थिती रहेको थियो ।
बिहान ९ बजे ठोरी टाउन आईपुगेका दाहालले ठोरीको सीमानाका र साबिक ठोरी र निर्मलबस्ती जोड्ने पुलको बिशेष चासोका साथ अवलोकन गरेका थिए ।

Supreme Court Against Resham Chaudhary

 Resham Chaudhary

resham

फरार रहेकै अवस्थामा चुनाव जितेका राजपाका रेशम चौधरीको सांसद बन्ने बाटो रोकिएको छ । चौधरी टीकापुर घटनाका मुख्य अभियुक्त हुन् । फरार रहेकै अवस्थामा चुनाव कैलाली १ बाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका चौधरी निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गर्दै सर्वोच्च गएका थिए ।

सर्वोच्च प्रशासनले रिट दरपीठ गरेपछि परेको निवेदनमा न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले रजिष्टारको आदेश कानुनसम्वत भएको फैसला सुनाएको छ ।

साथै आदेशमा कर्तव्य ज्यान मुद्धाको अभियोग लागेका चौधरीले अदालतबाट जारी भएको वारेन्ट तथा म्यादी पूर्जी अवज्ञा गरेको देखिएको समेत फैसलामा उल्लेख छ । सर्वोच्चले आफ्नो फैसलामा फरार अभियुक्तलाई जुन सुकैबेला पक्राउ गरेर अदालतमा दाखिल गर्नुपर्ने प्रवधान समेत स्मरण गराएको छ ।

सर्वोच्चले भनेको छ, ‘अदालती प्रक्रियालाई छलेर कसैले पनि संविधान एवं प्रचलित कानुनले प्रदान गरेको सुविधा उपभोग गर्न पाउनुपर्छ भन्नु कदाचित मिल्दैन ।’

अघि भनिएको छ, ‘अभियोग लागेका व्यक्तिले कानुन बमोजिम सफाइ लिनुपर्ने हुन्छ । जसका लागि अदालत प्रक्रिया अपनाउनु पर्ने हुन्छ, जुन निवेदकले गरेको पाइएन ।’

Protest In Kathmandu for RESHAM CHAUDHARY

Resham_chaudhary_protest
resham chaudhary protest at kathmandu

काठमाडौं । कैलाली क्षेत्र नम्बर एकबाट विजयी सांसद रेशम चौधरीको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ ।

काठमाडौंको माइतिघर मण्डलामा मधेशी थारु अगुवाहरुले प्रदर्शन गरेका छन् ।

सांसद चौधरीका लागि वातावरण सहज बनाइदिन माग गर्दै प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरुले थारुमाथिको विभेद अन्त्यका लागिसमेत माग गरेका छन् ।

चौधरीलाई सहज रुपमा प्रमाणपत्र उपलब्ध गराउनु पर्ने मागसमेत प्रदर्शनकारीहरुको रहेको छ